पूर्वको यात्रामा रहेको सेलीब्रेटीलाई प्रदेश १ सरकारद्वारा स्वागत - Pahilo Online

पूर्वको यात्रामा रहेको सेलीब्रेटीलाई प्रदेश १ सरकारद्वारा स्वागत

प्रदेश १ का १४ वटै जिल्लाका विभिन्न पर्यटकीय स्थानको भ्रमण गर्ने

writer

मोरङ । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा पूर्व क्षेत्रको यात्रा आएको समूहलाई १ नम्बर प्रदेश सरकारले स्वागत गरेको छ । आइतबार विराटनगरमा मुख्यमन्त्री शेरधन राईले प्रदेश घुम्नका लागि आएको ‘पूर्वको यात्रा टिम’लाई स्वागत गरेका हुन् । बैकरदेखि मिस एयिसासहित सेलिब्रेटीको टोलीले प्रदेश १ का १४ वटै जिल्लाका विभिन्न पर्यटकीय स्थानको भ्रमण गर्नेछन् । भ्रमण वर्षको प्रचारप्रसारका लागि ७ दिन प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने छन् । भ्रमण टोलीमा बैंकर अनिल साहदेखि मिस एसिया युनिभर्स २०१७ पिंकी राजगढिया, गायिका अभया सुब्बा, पत्रकार, ब्लगर, अष्ट्रेलियाका पर्यटकसमेत सहभागी छन् ।

भ्रमणमा सहभागिहरुले सामाजिक सञ्जालको माध्यमबाट प्रदेश १ का पर्यटकीयस्थलहरूको बारेमा जानकारी दिनेछन् । उनीहरूले फेसबुक, ब्लगलगायतको माध्यमबाट प्रदेश १ का पर्यटकीयस्थलहरूको जानकारी गराउने छन् । इम्याजीन नेपालको सहयोगमा प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यात्रा पूर्वको आयोजना गरेको हो ।

शनिबार प्रदेश १ आइपुगेका उनीहरू पहिलो दिन सुनसरीको कोशी टप्पुमा बसेका थिए । आइतबार उनीहरू सुनसरीको बर्जु तालको अवलोकनपश्चात स्वागत कार्यक्रममा सहभागी हुन आइपुगेका थिए । टोलीको स्वागत गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई नेपालकै आकर्षक पर्यटकीयस्थल बनाउने बताए । राईले भने ‘प्रदेश १ धार्मीक, प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण रहेको छ ।’
उनले नेपालको होचो स्थान झापाको केचनाकवलदेखि संसारकै अग्लो सगरमाथाले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने बताए । यात्राको संयोजन गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियैतले प्रदेश १ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको बताए । ‘यात्रामा नेपालका प्रतिष्ठित व्यक्ति कलाकारको सहभागिता रहकोले उहाँहरूको माध्यमबाट प्रदेश १ का पर्यटकीयस्थलको प्रचार देशसँगै विश्वभरि हुनेछ ।’ उनले भने ।

यात्राको नेतृत्व गरिरहेका बैँकर अनिल केशरी साहले भ्रमणमा सहभागिताले प्रदेश १ को जानकारी गराउने बताए । उनले प्रदेश १ का पर्यटकीय र सुन्दर तर सबैको जानकारीमा नभएका स्थानको जानकारी यात्रमा सहभागीले देशभरि प्रचार गर्ने उनले बताएका छन् ।
‘इलाममा रहेको सन्दकपुर प्रदेश १ बाहेकका थोरैमात्र युवालाई जानकारी छ,’ उनले भने, ‘यस्तो सुन्दर पर्यटकीय ठाँउको बारेमा नेपालीलाई नै थाहा नहुनु बिडम्बना हो ।’ यात्रामा सहभागितालाई मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल, मन्त्री जगदिश कुसियैत, मन्त्री जीवन घिमिरेलगायतले स्वागत गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes