नेकपा विराटनगर समिति लाई पद तथा गोपनियताको सपथग्रहण - Pahilo Online

नेकपा विराटनगर समिति लाई पद तथा गोपनियताको सपथग्रहण

writer

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको औपचारिक टुंगो लागेको छ । सहमति नजुटेकै कारण नगर कमिटी अध्यक्ष र सचिवको टुंगो लागेको लामो समयसम्म नगर कमिटी बन्न सकेको थिएन । सहमतिसँगै आइतबार नगर कमिटीका सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराइएको छ ।

नेकपा बिधान अनुसार मोरङ जिल्ला कमिटी सरहको मान्यता रहेको विराटनगर महानगरपालिका कमिटी १ सय ५५ सदस्यीय हुने भएको छ । यसअघि पूर्वएमालेको तर्फबाट ७५ जना, पूर्वमाओवादी केन्द्रको तर्फबाट ६० जना र विभिन्न दलबाट नेकपामा प्रवेश गरेका ११ जना गरी १ सय ४६ जना सदस्य रहने निर्णय एकता कार्यदलले गरेको थियो । अब ९ सदस्य थप गर्नेगरी सहमति भएको हो ।

पूर्वनिर्णय अनुसार १ सय ४६ जनाको नाम टुंगिएको र थप गर्ने सहमति भएको ९ जना सदस्यको नाम भने अझै टुंगिएको छैन । नेकपा प्रदेश १ का सचिव सुरेश राई (हिमाल)ले महानगर समितिको नामावली पढेर सुनाएका थिए । त्यसपछि प्रदेशका इन्चार्ज भीम आचार्यले पद तथा गोपनियताको सपथ गरा गराएका थिए। सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले दुईतिहाइ मत प्राप्त पार्टीको एकता प्रक्रियाबाट कमिटि बनेको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए। विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तहबाट कम्युनिष्टहरुको विरुद्धमा गतिविधि भइरहेको भन्दै उनले त्यसका विरुद्धमा एकजुट हुनुपर्ने बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes