पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको पछिल्लो बैठकले कार्यालय भवनको जग्गा व्यवस्थापन पहल सहितका विषयमा छलफल गरेको छ ।
भवनका लागि जग्गा खोजविन समितिबाट पेश भएको प्रतिवेदनमाथि छलफल गरेको छ । उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको समितिले जग्गा प्राप्तिको प्रक्रियाका लागि सम्बन्धित संघीय मन्त्रालयहरुमा हालै कागजात पेश गरिएको बैठकमा जानकारी गराइएको छ । सो बारे अर्काे बैठकमा बाँकी छलफल हुने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए ।
बैठकमा, पहिलो चरणमा नगरका ५ वटा वडा कार्यालयको भवन निर्माणका लागि बहुवर्षीय योजनाका रुपमा काम थालनी गर्ने, वडाबाटै ५ लाखसम्मका योजना सम्झौता गर्ने, नगर अस्पताललाई थप व्यवस्थित गर्ने निर्णय भएको उनले उल्लेख गरे। साथै बैठकले पथरी बजार क्षेत्रमा नगरपालिकाको जग्गामा सपिङ कम्पेक्स निर्माणको डीपीआर बनेको विषयमा समेत छलफल गरेको छ । उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि पारित गरेको छ ।