सोलुखुम्बु । ट्याकटर र बोलेरो गाडी एकअर्काले साटासाट गरी चलाउने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ । शनिबार बेलुका पौने १० बजेको समयमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ देउरालीबाट दाउरा अनलोड गरेर फर्कने क्रममा सोही गाउँपालिकाको बाघखोर भन्ने स्थानमा सल्यान गाउँपालिका ५ बस्ने बर्ष १९ को सुमन शंकरले चलाएको ना ६ त ३१४६ नम्बरको ट्याकटर र ओखलढुङ्गा बाट नेचासल्यान आउँदैगरेको सोही गाउँपालिका २ बस्नेबर्ष २१ को छिरिङ राईले चलाएको प्रदेश १–०३–०१–०२२ च ०३१८३ नम्बरको बोलेरो गाडी एकअर्काले साटा साट गरी चलाएर नेचातर्फ लादै गर्दाट्याकटर अनियन्त्रित भई पल्टिदा ट्याटर चालक छिरिङ राईको घटनास्थलमै मृत्युभएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल तर्फ खटिएको अस्थायी प्रहरी चौकी सल्यानको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राख्नुको साथै सुमनशंकरलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान तथा कानूनी प्रकृयाकोलागी ईलाका प्रहरी कार्यालय नेचाबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।