उदयपुरमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु - Pahilo Online

उदयपुरमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु

writer

उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सिद्दीचरण राजमार्गको घुम्ती भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा बेतीनी बाट कटारीतर्फ आउँदै गरेको स ११ प ३२२८ नंबरको मोटरसाईकल र कटारीबाट लेखानी तर्फगईरहेको ना ७ ख ४६१५ नंबरको ट्रक एकआपसमा क्रस हुने क्रममा सडकको साईड को नालिमा मोटरसाईकल पल्टिएर दुर्घटनाहुँदा मोटरसाईकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका ३ बस्नेबर्ष ३७ का ेसन्तोष कार्की घाईतेभई उपचारको लागी कटारी अस्पताल ल्याईएकोमा उपचारको क्रममा बेलुका सवा ९ बजेको समयमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीको टोलीले मोटरसाईकल चालक कटारीनगरपालिका ३ बस्ने बर्ष ३१ को नवराज कुँवर र ट्रक चालक उदयपुरको रौतामाई ४ बस्ने राजकुमार भुजेल लाई ट्रक र मोटरसाईकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes