झापामा दुई छुट्टाछुट्टै घटनामा दुई बालकसहित तीनको मृत्यु - Pahilo Online

झापामा दुई छुट्टाछुट्टै घटनामा दुई बालकसहित तीनको मृत्यु

writer

झापा । छुट्टाछुट्टै घटनामा दुई बालकसहित तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा डुबेर दुई बालक र आफ्नै घाँटी काटेर एकजनाको मृत्यु भएको छ।

दमक नगरपालिका १ स्थित रतुवा खोलामा बनाउँदै गरेको नयाँ पुलको लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा दुई बालकको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। डुबेर मृत्यु हुनेमा दमक १ बस्ने टेकबहादुर उपरकोटीको ९ वर्षीय छोरा आयुष र पाँचथर जिल्ला फाल्गुननन्द गाउँपालिका ५ घर भई हाल दमक १ मा डेरा गरी बस्ने वीरबहादुर चेम्जोङको १२ वर्षीय छोरा भिसन रहेको छ । विद्यालय बिदा भएकोले शनिवार दिउँसो दुवै बालक पौडी खेल्न गएका थिए । पौडी खेल्दै गरेको अवस्थामा मृत्यु भएको हो।

यता दमक नगरपालिका ६ बस्ने ४२ वर्षीय राजीव निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनको मृत्यु भएको छ। घरकै कोठामा बसेका निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा गम्भीर घाइते भएका थिए। घाइते भएका निरौलालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाएको त्यहाँ उपचार सम्भव नभएपछि उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाँटी काट्ने बारेमा केही नखुले पनि इलाका प्रहरी कार्यालय दमकले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes