उदयपुरमा मोटरसाईकल दुर्घटना हुदा १ को मृत्यु १ घाईते - Pahilo Online

उदयपुरमा मोटरसाईकल दुर्घटना हुदा १ को मृत्यु १ घाईते

writer

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका ९ भिमा स्थितमा मदन भन्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान पौने १२ बजेको समयमा बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका ३ बस्ने बर्ष २३ को दिपक बि.क र सोही मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने निजकै दाजु बर्ष २४ को रमेश बि.क घाईते भएका थिए । घाईते दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेकोमा मोटरसाईकल चालक दिपकको दिउँसो साढे १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes