संखुवासभाको चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता हुने - Pahilo Online

संखुवासभाको चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता हुने

writer

संखुवासभा । चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । चैनपुर सेवा युवा क्लबको आयोजना र नेवाः देय दबु चैनपुर नगर समितिको समन्वयमा लाखेनाच प्रतियोगिता हुने भएको हो ।

संखुवासभाको चैनपुर बजारमा मंसिर ७ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको जनाइएको छ । जिल्लाको सांस्कृतिक पर्यटन प्रवर्धनका लागि लाखेनाच प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका ४० टिमले नाम दर्ता गराएको चैनपुर समाज सेवा युवा क्लवका अध्यक्षले जनाएको छ । लाखेनाच संस्कृति सम्वन्धी बिज्ञहरुले लाखेनाच प्रतियोगिताको मूल्यांकन गरि उत्कृष्ट प्रथम द्वितिय र तृतिय टिमको छनौट गरिने बताईएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाण पत्र सहित नगद ५५ हजार ५ सय ५५, द्वितिय हुनेले ३३ हजार ३ सय ३३, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes