विराटनगरबाट पाथिभरा र हलेसी मन्दिरमा हवाई सेवा सञ्चालन गरिने - Pahilo Online

विराटनगरबाट पाथिभरा र हलेसी मन्दिरमा हवाई सेवा सञ्चालन गरिने

writer

मोरङ । प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो।

जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर विमानस्थलबाटै मंसिर तेस्रो सातादेखि सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप, सीता एयर र माउण्टेन हेलिकप्टर कम्पनीबीच सहमति भएको छ। ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठले माग धेरै आएका कारण धार्मिक तीर्थस्थलसँगै हिमालय क्षेत्रको दृश्यावलोकनका लागि पर्वतीय उडान भर्ने गरी हवाई सेवा सुरु गर्न लागिएको बताए।

विराटनगरबाट जहाजमा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथिभरा मन्दिर दर्शनका लागि तीर्थयात्रीलाई लैजाने योजना रहेको श्रेष्ठले बताए। उनका अनुसार त्यस अघि नै माउण्टेन हेलिकप्टर सुकेटार विमानस्थलमा लगेर राखिने छ। जहाजमा जान चाहनेलाई लामीडाँडा विमानस्थलसम्म जहाजमा लैजाने योजना छ। त्यसपछि गाडीमा लगेर हलेसीको दर्शन गरेर फर्किएपछि जहाजमै विराटनगर ल्याइने श्रेष्ठले बताए।

जहाजबाट पर्वतीय उडान पनि भर्ने योजना छ। हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ । ६ जनाको क्षमता भएको हेलिकप्टरले उच्च क्षेत्रमा उडान गर्नु पर्ने भएकाले ५ जना मात्रै यात्रु बोक्ने श्रेष्ठको भनाइ छ। भ्रमण वर्ष २०२० लाई समेत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुरु गरिएको हवाई सेवाले मद्दत गर्ने पर्यटन व्यवसायीको बुझाई छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes