फेस अफ मारवाडी किड्सको फाइनल मंसिर २२ गते हुने, फाइनलमा ४५ प्रतिस्पर्धी - Pahilo Online

फेस अफ मारवाडी किड्सको फाइनल मंसिर २२ गते हुने, फाइनलमा ४५ प्रतिस्पर्धी

writer

विराटनग । फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर २२ गते विराटनगरस्थित जैन भवनमा हुने उक्त प्रतियोगिताको फाइनलमा ४५ जना प्रतियोगि छन् । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ को संयुक्त आयोजना यो प्रतियोगिता हुन लागेको हो ।

फाइलनमा पुगेका ४ देखि १४ वर्षका बालवालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगिहरू विराटनगर, इटहरी, धरानलगायतका सहरबाट सहभागि छन् । फाइनलमा पुगेका प्रतियोगिहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूलाई प्रशिक्षण दिदै आएको अध्यक्ष अग्रवालले बताए ।

मारवाडी बालवालिकाहरूमा भएको प्रतिभा उजार गर्नुको साथी उनीहरूको व्यातित्व विकास गराइ समाज निमार्णमा उल्लेखिनिय योगदान पु¥याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने उनले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवडी किड्स हुन लागेको हो,’ अध्यक्ष अग्रवालले भने, ‘यो प्रतियोगिता निष्पक्ष र भव्य तरिकाले हुनेछ ।’ फेस अफ मारवाडी किड्स मारवाडी युवा मञ्चले आयोजना गरिएको पहिलो प्रतियोगिता हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes