पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका ३ स्थानमा जनचेतनामुलक कार्यक्रमको तय गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखामार्फत सवै वडालाई समेटेर ३ स्थानमा कार्यक्रमको तयारी भएको शाखाकी प्रमुख गीता कट्टेलले जनकारी दिइन् ।
नगर उपप्रमुखको वास्तोलाको संयोजकत्वमा बुधबार भएको भेलाले वडा नम्वर ५ र ६ को हसन्दह क्षेत्रका लागि हसन्दहमा मंसिर ९ गते कार्यक्रम हुनेछ । जसका लागि वडा सदस्य शान्तिदेवी ऋषिदेव संयोजक, सरस्वती पाण्डे व्यवस्थापक सहितको समिति गठन भएको छ ।
वडा नम्वर ४, ८ र ९ का लागि १८ गते शनिश्चरेमा र १, २, ३, ७ र १० का लागि २४ गते समापनका रुपमा पथरीमा कार्यक्रम हुने तय भएको छ । शनिश्चरेको संयोजकमा निर्मला गदाल, व्यवस्थापकमा दिलु मगर, पथरीको संयोजकमा मैनादेवी फुँयल आचार्य र व्यवस्थापकमा सीता भुसाल सहितका महिला जनप्रतिनिधि सदस्य रहेको समिति बनेको छ । नगर महिला फेडेरेशन् सहित स्थानीय विभिन्न संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम अघि बढाइने भएको छ ।
सो अवसरमा, आफु हिंसा पिडीत भएर पनि हिंसा हटाएर सफलता हाँसिल गरेका व्यक्तिलाई सम्मान गरिने छ । लैंगिक हिंसा विरुद्धको विषयवस्तुमा विद्यालय तथा बाल क्लब स्तरीय कविता प्रतियोगिता र खुला हण्डीफोर प्रतियोगिता समेत सञ्चालन हुने छ । नोभेम्वर २५ देखि सुरु भई अन्तरराष्ट्यि मानव अधिकार दिवश डिसेम्वर १० मा कार्यक्रम समापन गर्ने १६ दिनको अभियान अन्तर्गत नगरले पनि ३ दिनको कार्यक्रम तय गरेको हो । सो दिवशको नारा ‘समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यवद्धता’ रहेको छ ।