आफुमाथि आरोपित समाचार पुष्टि गर्न नविन पौडेलको चुनौति - Pahilo Online

आफुमाथि आरोपित समाचार पुष्टि गर्न नविन पौडेलको चुनौति

writer

पहिलो अनलाइन

पत्रकार सम्मेलनमा जानकारी दिंदै नविन पौडेल ।

कानेपोखरी । राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेलले आफुमाथि हत्याको आरोप भनी चरित्र हत्या गर्ने गरी प्रशारित समाचारप्रति आपत्ती जनाउँदै खण्डन गरेका छन् । अध्यक्ष पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा मोरङ कानेपोखरी–४ का मोहनसिंह थापाको मृत्यु हुनुमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आरोपको पुष्टी गर्न चुनौति दिएका हुन् ।

पत्रकार सम्मेलनमा जानकारी दिंदै नेकपा कानेपोखरी अध्यक्ष भोला अधिकारी साथमा कानेपोखरी गा.पा. अध्यक्ष ताराबहादुर काफ्ले र नेकपा कानेपोखरी सचिव मनोज राजवंशी ।

‘मोहनसिंह थापाको आत्महत्या नभई हत्या भएको र हत्यामा मेरो समेत संलग्नता रहेको भनी लगाइएको आरोप सरसर गलत र निराधार भएको कुरा प्रष्ट पार्न चाहन्छु’– उनले भने ‘किनकी उक्त घटनामा मृतकको पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुशन्धानले समेत कर्तव्य ज्यान नभएर आत्महत्या नै हो भनी प्रमाणित भइसकेको छ ।’ उक्त घटनामा आफ्नो संलग्नता गलत रुपले प्रष्ट्याउन खोज्नु दुरासय र दुराग्रहको पराकाष्ट मात्र भएको उनको भनाई छ । ‘त्यस समाचार र आरोपको भत्सर्ना गर्दछु’– पौडेलले भने ‘यो घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान आवश्यक भए सत्यतथ्य पत्ता लगाई दोषी पाइए जो कसैलाई कानूनी कार्वाही गर्नका लागि माग गर्दछु ।’

पत्रकार सम्मेलनमा जानकारी दिंदै मृतक मोहनसिंहका दाजु नरेन्द्र थापा ।

अध्यक्ष पौडेलले थापा परिवार परिवारको कलह र असमझदारीलाई माध्यम बनाई आफ्नो राजनीतिक, सामाजिक र व्यक्तिगत चरित्रलाई क्षती पुर्याई आफ्नो अभिष्ट पूरा गर्न प्रेषित समाचारप्रति खेद प्रकट गर्दै प्रायोजित समाचारको खण्डन गर्न चाहन्छु भने ।
पौडेलले भने, ‘सामाजिक, राजनीतिक ब्यक्तिको मोटरसाइकलमा बसेको बिषयमा चरित्र हत्याको प्रयास हुन्छ भने मेरो विरुद्ध समाचार लेख्ने पत्रकार मित्रको सासू र पत्नीलाई पनि अभर पर्दा धेरै पटक बोकेको छु, के त्यो पनि नैतिकतासँग जोड्ने हो ?’

पौडेलले समाचार पुष्टि गर्न चुनौती दिदै राजनीतिक र सामाजिक लोकप्रियताप्रति दुराग्रह, प्रतिशोधले कसैको प्रायोजनमा समाचार नलेख्न विज्ञप्ती मार्फत बताएका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित मृतककी पत्नी मन्दिरा थापाले आमाजु दिदी मुना थापाले २५ लाख पैसा चलाएको र त्यो पैसा नतिर्न विभिन्न आरोप लाउने गरेको बताइन् । काठमाडौ बस्ने आमाजु मुनाले पटक पटक धन सम्पति र को को सँग हिड्न थालेको भन्दै टर्चर दिने गरेको पत्रकार सम्मेलनमा बताइन् ।

सो बिषयमा कुरा गर्न फोन गर्दा मुनासँग सम्पर्क हुन सकेन । पत्रकार सम्मेलनमा उपस्थित मृतकका जेठा दाजु नरेन्द्र थापा र उनका छोरा डिल्ली थापाले प्रहरीलाई दिएको निबेदनमा नवीन पौडेलको नाम नलेखिएको बताए ।
प्रकाशित समाचारमा नरेन्द्र थापालाई कोड गरिएको भएता पनि पत्रकार सम्मेलनमा समाचार कसरी आयो आफूहरुलाई जानकारी नभएको नरेन्द्रले बताए ।

पत्रकार सम्मेलनमा कानेपोखरी व्यापार संघ, रमाइलो युवा परिवार र लायन्स क्लब अफ कानेपोखरीले पनि संयुक्त विज्ञप्ती प्रकाशन गरि झुटा समाचारप्रति भत्सर्ना गरेका छन् ।
संयुक्ता विज्ञप्तीमा भनिएको छ, ‘मंगलबारे अस्पतालको डा. रितेशकुमार कर्णले जारी गरेको मृतकको पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानले आत्माहत्या भएको प्रमाणित गरेको अवस्थामा राजनीतिक प्रतिशोधको आधारमा समाचार बनाइनु हुँदैन ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानेपोखरी गाउँपालिकाका अध्यक्ष भोला अधिकारी र सचिव मनोज राजवंशीले पनि विज्ञप्ती निकालेर समाचार निराधार भएको भन्दै जघन्य अपराध र चरित्र हत्याजस्तो बिषयमा जथाभावी समाचार लेख्न नहुने बताएका छन् ।पत्रकार सम्मेलनमा अधिकारीले प्रहरीमा उजुरी दिन एउटै विचारका चार जना पत्रकार लिएर जानु नै नियोजित षडयन्त्र भएको बताए ।

मृतक मोहनसिंह थापा बैदेशिक रोजगारीमा १० वर्ष कुबेत बसेर २०७५ फागुनमा घर आएका थिए । पत्नी मन्दीरा थापा पनि पतिसँगै तीनवर्ष विदेश बसेर २ बर्षअघि मात्र नेपाल आएको उनले बताइन् ।
विदेशबाट पतिले आमाजु मुनालाई जग्गा किनिदिनू भनेर पटक पटक रकम पठाएको मन्दिराले बताइन् । पतिको मृत्युपछि सो रकमको बिषयमा कुरा उठ्छ भनेर कहिले चरित्र र कहिले धन सम्पतिको बिषय लिएर आफूलाई टर्चर हुने गरेको मन्दिराको भनाइ छ ।

भ्रामक समाचार नलेख्न आग्रह
मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले हत्याजस्तो गम्भीर विषयमा भ्रामक समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले कसैको हत्याजस्तो गम्भीर बिषयमा पुष्टि नहुने र चरित्र हत्या हुने खालका समाचार नलेख्न आग्रह गरेका हुन् । पुष्टि नहुने समाचार लेख्ने र मिडियालाई कारबाहीको दायरामा ल्याउनुपर्ने काफ्लेले बताए ।
गत असार २४ गते कानेपोखरी–६ को ४३ बर्षीय मोहनसिंह थापा आफ्नै घरको माथिल्लो तलामा पासो लागेर मृत्यु भएको थियो ।

थापालाई राष्ट्रिय युवा संघको मोरङ जिल्ला अध्यक्ष समेत रहेका नवीन पौडेल र मृतकी पत्नी मन्दिरा थापाले हत्या गरेको भन्दै केही अन्लाइनमा सामाचार प्रकाशन भएको थियो । समाचारमा पौडेलले मन्दिरा मोटरसाइकलमा बसेर हिड्ने हरेको बिषय समेत उल्लेख छ ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी कानेपोखरी गाउँ संगठन कमिटि, कानेपोखरी व्यापार संघ, रमाइलो युवा परिवार र लायन्स क्लब अफ कालेपोखरीले पनि संयुक्त विज्ञप्ती प्रकाशन गरि झुटा समाचारप्रती भत्सर्ना गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes