खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।