नगरमा सञ्चालित ३ योजनाको कडाईकासाथ अनुगमन् - Pahilo Online

नगरमा सञ्चालित ३ योजनाको कडाईकासाथ अनुगमन्

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् समितिले पछिल्लो समयमा ३ योजनाको अनुगमन् गरेको छ ।

वडा नम्वर ३ मा आइतवारे दक्षिणमा कालोपत्रे भइरहेको सडकको संगमचोक क्षेत्रको केही भागमा केही पातलो कालोपत्रे गरिएको पाइएकाले त्यसलाई थप गर्ने निर्देशन सहित टोलीले सडक अनुगमन् गरेको हो । नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले ५ नम्वरको मौलीबारीमा भएको सडक ग्राभेलको पनि अनुगमन् गरेको छ ।

५ नम्वरको कोठेबारी मैनखाडी पुल निर्माण कार्य जारी रहेको अवस्थाको पनि अनुगमन् गरेको समिति संयोजक वास्तोलाले जनाइन् । त्यसमा पनि भएका केही कमि कमजोरीलाई सुधार्नु पर्ने सुझाव समेत गरेको वताइन् । स्टिमेट अनुसार योजनाहरु चुस्त रुपमा सम्पन्न गर्न उपभोक्ता समिति तथा सम्वन्धित पक्षलाई निर्देशन दिँदै अनुगमन् कार्य कडाईका साथ अघि बढाइएको बताइन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes