पथरीमा निर्माण सामाग्री उत्पादन उद्योग सञ्चालनमा - Pahilo Online

पथरीमा निर्माण सामाग्री उत्पादन उद्योग सञ्चालनमा

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे—९, स्थीत शनिश्चरेमा दुईजना युवाले आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी सञ्चालनमा गरेका छन्। ३५ लाखको लगानीमा आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी स्थापना गर्दै उत्पादन सुरु गरेको छ ।नगरमा पहिलोपटक निर्माण सामाग्री उत्पादन सुरु गरेको कम्पनीले सोमबार एक कार्यक्रम गरी उद्योगको उद्घाटन गरेको हो ।

उद्योगलाई पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले रिवन काटेर उद्घाटन गरेका थिए । मेयर राईले इन्टरलक इटा पनि पेलेर उत्पादन गर्दै उद्योगकै पर्खालमा जडान गरेका थिए । उनले यसप्रकारको उद्योगले नगर विकासको प्रगती भएको बताएका थिए ।

पथरीशनिश्चरे–८, का युवा व्यवसायी हेमन्त विष्ट र कानेपोखरी–६, का दीपक कार्कीको लगानीमा सुरु भएको हो । सो कन्सट्रक्सन कम्पनीले सिमेन्ट, गिटी, बालुवा लगायतबाट इन्टरलक इटा, टायल, कर्भ स्टोन, होम पाइप, विद्युतीय पोल, स्लाब, रेलिङ, गमला, रिङ लगायतको सामाग्री उत्पादन गर्ने भएको छ । तत्काल इन्टरलक इटा र टायलहरु उत्पादन गर्ने उद्योगले जनाएको छ ।

उद्योगले विभिन्न आकार र रंगको टायलहरु, रेलिङ, कभर स्टोन उत्पादन गर्ने हेमन्त विष्टले जनाए । नगरका उद्योग स्थापना भएपछि स्थानीय उपभोक्ताहरुलाई चाँडो र मूल्यमा पनि सहज हुने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes