हात्ती धपाउने विद्युतीय धरापमा परी झापामै फेरि एकजनाको मृत्यु - Pahilo Online

हात्ती धपाउने विद्युतीय धरापमा परी झापामै फेरि एकजनाको मृत्यु

writer

भद्रपुर । हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छेकै ज्यान गइरहेको छ। गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय धरापमा परी बुद्धशान्ति गाउँपालिकामा मामा–भान्जाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार साँझ मेचीनगरको धुलाबारीमा एक महिलाको मृत्यु भएको छ। विद्युतीय धरापमा परी मृत्यु हुनेमा मेचीनगर–९, धुलाबारीकी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गाईबस्तु धपाउने क्रममा विद्युतीय धरापमा परी करेन्ट लागेर तामाङको घटनास्थलमै मृत्यु भएको छ। आफ्नै खेतबारीमा जङ्गली हात्ती धपाउन थापिएको विद्युतीय धरापमा महिला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय धुलाबारीले कानुनी प्रक्रिया पूरा गरी महिलाको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles