सागका लागि नेपाली महिला भलिबल १४ सदस्यीय टोलीको घोषणा - Pahilo Online

सागका लागि नेपाली महिला भलिबल १४ सदस्यीय टोलीको घोषणा

writer

काठमाडौ । दक्षिण एसियाली खेलकुदका लागि महिला भलिबल टोलीको घोषणा भएको छ । आइतबार नेपाल भलिबल संघले १४ सदस्यीय खेलाडीको नामावली घोषणा गरेको हो ।

हालै बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता खेलेका १२ खेलाडीमा दुई खेलाडीको नाम थप्दै संघले उक्त टोलीको घोषणा गरेको हो । थपिनेमा उषा भण्डारी र हीरा केसी रहेका छन् ।

अरुणा शाहीको कप्तानीमा घोषणा भएको नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सफिया पुन, उषाकुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, उषा भण्डारी, हीरा केसी र सलिना श्रेष्ठ छन् । सागका लागि आजदेखि प्रशिक्षण पनि सुरु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes