नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिसन मङ्सिर ४ गते - Pahilo Online

नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिसन मङ्सिर ४ गते

writer

मोरङ । पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित बिगत ९ बर्ष देखि संचालन भैरहेको नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन आगामी मङ्सिर ४ गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ । अडिशन अघि धरान , इटहरी लगायतको बिभिन्न कलेजहरुमा समेत मिस पुर्वान्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना गरिने छ ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा तथा सिजी ब्रुअरीको मुख्य प्रायोजनमा हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पुर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रममा अनलाइन तथा एस एम एस बाट फर्म भरेका तथा अन्य इच्छुकहरुलाइ निशुल्क अडिशनमा सहभागी गराईनेछ । मिस पथरी २०१९ बिजेता रिजु भट्टराई र मिस इटहरी ब्युटी आईकन २०१९ कि बिजेता प्रेजिना नेपाल बिना अडिशन मिस पुर्वान्चल २०१९ मा सहभागी हुनेछन ।

छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ। मिस पुर्वान्चलको कोरियोग्राफी प्रियारानी लामाले गर्ने्छिन् । आगामी पुष ५ गते ग्रान्ड फिनाले गरि मिस पुर्वान्चल २०१९ सहित फर्स्ट रनर अप , सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस चार्मिंग , मिस फ्रेन्डशिप , मिस मल्टिमेडिया लगायतका बिभिन्न सब – टाइटललाईको घोषणा गरिनेछ ।

बिजेताले रु दुइ लाख या स्कुटी , फर्स्ट रनर अपले रु एक लाख र सेकेन्ड रनरअप ले रु पचास हजार राशी को पुरस्कार पाउनेछन् भने सब(टाइटल बिजेताले रु १५ हजार पुरस्कार स्वरुप पाउनेछन् ।पुरस्कारहरुमा केहि थप पनि हुने र दसौ संस्करणलाई भब्य रुपमा आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes