राजपाको मोरङ जिल्ला अध्यक्षमा युवा नेता मोहम्मद कादिर सर्वसम्मत निर्वाचित - Pahilo Online

राजपाको मोरङ जिल्ला अध्यक्षमा युवा नेता मोहम्मद कादिर सर्वसम्मत निर्वाचित

writer

विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको अध्यक्षमा लोकप्रीय युवा नेता मो. कादीर निर्वा्चित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न सम्मेलनबाट मधेश आन्दोलन र विभिन्न आन्दोलनका मोर्चाको अगुवाई गरेका विराटनगरका मो. कादीर सर्वसम्मत निर्वा्चित भएका हुन् ।

पार्टीका केन्द्रीय सदस्य भोगेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम सम्मेलनबाट कादीर निर्वा्चित भए । पार्टी केन्द्रीय सर्कुलर अनुसार प्रत्येक जिल्लामा राजपाको जिल्ला सम्मेलन भइरहेको अध्यक्ष मोहम्मद कादीरले जानकारी दिए । यसअघि चक्रिय प्रणालीमा नेतृत्व छनौट हुँदै आएकोमा अब एकल नेतृत्वमा जाने पार्टी केन्द्रको निर्णय र सर्कुलर अनुसार सम्मेलनले कादीरलाई एकल नेतृत्वमा चयन गरेको हो ।

यस अघि सो पार्टीको केन्द्रमा जस्तै जिल्लामा पनि चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलका संयोजकले नेतृत्व गर्ने गरिएको थियो । जिल्ला समितिको कोषाध्यक्षमा दिनेश राउत निर्वा्चित भएका छन् । अध्यक्ष र कोषाध्यक्ष मात्र चयन गर्ने प्रावधान अनुरुप अध्यक्षमा कादीर र कोषध्यक्षमा राउत चयन भए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes