विराटनगर बिमानस्थलको बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्ने तयारी - Pahilo Online

विराटनगर बिमानस्थलको बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्ने तयारी

writer

विराटनगर । विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत चरणमा पुगेको छ । बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्न बिराटनगरमा छलफल गर्ने अन्तिम तयारी शुरु भएको मन्त्रालयले जनाएको हो । डिपिआर स्वीकृत भएसँगै बिराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउनको लागि नक्साङ्कनको काम गर्न बाटो खुल्नेछ । मन्त्रालयले बिराटनगर बिमानस्थलको डिपिआर बनाउनको लागि एक बर्ष अगाडि नै टोली पठाएको थियो । प्राबिधिक टोलीले बुझाएको डिपिआर प्रतिबेदनलाई मन्त्रालयले स्वीकृत नगर्दा विराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउने काम अन्यौलमा पर्दै आएको थियो ।

विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय बनाउनको लागि तत्काल डिपिआर स्वीकृत गरि काम थालिनु पर्ने माग राख्दै बिराटनगरमा संघर्ष समिति बनाईएको थियो ।संघर्ष समितिले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग भेटेर तत्काल डिपिआर स्वीकृत गरी क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउने बारेमा ध्यानाकर्षण गराएको थियो । संघर्ष समितिसँग मन्त्री भट्टराईले असोज भित्रमा डिपिआर स्वीकृत गर्ने प्रतिबद्धता जनाएका थिए । पर्यटन ब्यवसायी तथा संघर्ष समितिका संयोजक पुण्य भट्टराईले डिपिआर स्वीकृत गर्नको लागि पटक पटक दवाव दिएपछि अब डिपिआर स्वीकृती गर्ने चरणमा रहेको भन्ने जानकारीमा आएको बताए । मन्त्रालयले तत्काल डिपिआर स्वीकृत गर्नको लागि विराटनगनरमा सरोकारवाला बिच छलफल गर्ने तयारी गरेको छ ।

प्रदेश १ को राजधानी तथा एकमात्र ठुलो बिमानस्थलबाट अन्तराष्ट्रिय उडान हुने गरि ब्यवस्था मिलाउनको लागि पर्यटन ब्यवसायीहरुले आवाज उठाउँदै आएका छन् । विराटनगरवासीको मागलाई ध्यानमा राखेर यही मंसिर १५ या १६ गते डिपिआरको बारेमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको नागरिक उड्ययन प्राधिकरण बिराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए । मन्त्री सहित आएर हुने छलफलमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा पर्यटन ब्यवसायी, पर्यटन क्षेत्रका जानकार, पत्रकार तथा सम्बन्धित क्षेत्रका ब्यक्तिहरुसँग छलफल गर्ने प्राधिकरणको तयारी छ । छलफलबाट उठेका बिषयलाई समाबेश गर्दै डिपिआरलाई विराटनगरबाट अनुमोदन गरेपछि डिपिआर स्वीकृत गर्ने तयारीमा मन्त्री योगेश भट्टराई रहेका छन् । भट्टराईले आएका सुझावका आधारमा सुझावलाई पनि डिपिआरमा समाबेश गरेर डिपिआर अनुमोदन गर्दै स्वीकृत गरिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

मन्त्रालयले बिराटनगर विमानस्थलको जग्गा अधिग्रहणको लागि भन्दै पहिला चरणमा एक करोड रकम विराटनगर बिमानस्थललाई पठाई सकेको छ । तत्कालको लागि एक करोडले काम थाल्नको लागि पठाईएको रकम कसरी खर्च गर्ने भन्ने अन्यौल भने कायम नै रहेको छ । प्राधिकरण बिराटनगरका प्रमुख सिटौलाले डिपिआर स्वीकृत भएपछि कसरी काम शुरु गर्ने भन्ने स्पष्ट हुने भएकोले अबको केही दिन पर्खनु पर्ने बताए । तर अब बिराटनगर बिमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय बनाउने काम भने शुरु हुने छ । श्रोतका अनुसार बिमानस्थल विस्तार २५ सय मिटर नै कायम राख्ने या ३ हजार मिटर बनाउने भन्ने बारेमा भने दुबै बाटो खुल्ला राखेर डिपिआर स्वीकृतको चरणमा मन्त्रालय तथा नागरिक उड्ययन प्राधिकरण रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes