जग्गाको विषयलाई लिएर २ जना भाइको कुटपिटबाट दिदीको मृत्यु  - Pahilo Online

जग्गाको विषयलाई लिएर २ जना भाइको कुटपिटबाट दिदीको मृत्यु 

writer

कानेपोखरी । मोरङको कानेपोखरी–१,होक्लाबारीमा दुई जना भाइको कुटपिटबाट दिदीको मृत्यु भए पछि दुईजना भाईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार ५१ वर्षीय विजय किस्कु र उनको भाइ ३२ वर्षीय वीरेन्द्र किस्कुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुवै जना भाईले जग्गाको विषय लिएर ५५ वर्षीय दिदी सिता सोरेनलाई कुटपिट गर्दा दिदिको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङमा दुवै जना विरुद्ध कतव्र्य ज्यान सम्बन्धि जाहेरी परेपछि पक्राउ परेको हो ।

शुक्रवार साँझ ५ बजे दुवैले जग्गाको विषयमा वादविवाद गरी झगडा गर्दा दिदी सितालाई कुटपिट गरी सक्क्त घाइते बनाएका थिए । घाइते दिदिको उपचारको क्रममा विराट नर्सिङ होम अस्पताल विराटनगर राती १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मिराज अधिकारीले बताए । मृतकको कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टमको लागी राखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes