उर्लाबारी राजघाटका बनभोज गएको टोलीको बस दुर्घटना, १० जना घाइते - Pahilo Online

उर्लाबारी राजघाटका बनभोज गएको टोलीको बस दुर्घटना, १० जना घाइते

writer

मोरङ । मोरङको उर्लाबारी राजघाटका स्थानीय बनभोजका लागि गएको बस दर्घटनामा परेको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग्मा भएको दुर्घटना भएको हो । कन्याम बनभोज खाएर फर्कदै गरेको बस रोङ्ग गाउपालिका ३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घट्नामा परेको हो ।

देउसी भैलो समुहले बनभोजको लागि इलामको कन्याम पुगेर वनभोज खाएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । को १ ख ५३३८ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा सुरज पोमु, निर्मल बराल, सन्तबहादुर लिम्बू लगायत १० जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि झापा पठाएको प्रहरी चौकी किटेनिका प्रहरी नायब निरीक्षक भोजकुमार रञ्जितकारले बताए । बस सडकबाट करिव १० मिटर तल खसेको थियो । घाईते १० जना मध्ये ५ जनाको बिएण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घाईतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes