इलामको सन्दकपुरमा भारतीय नियन्त्रणमा रहेको नेपाली भूमिमा राष्ट्रिय झन्डा फहरायो - Pahilo Online

इलामको सन्दकपुरमा भारतीय नियन्त्रणमा रहेको नेपाली भूमिमा राष्ट्रिय झन्डा फहरायो

writer

इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गर्दै भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको छ ।

केही समय अगाडि गाउँपालिकाले सुरू गरेको भ्यु टावर निर्माण अवरुद्ध गर्दै भारतीय सीमा सुरक्षा बलले त्यो ठाउँ कब्जा गरेको थियोे । कब्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बल प्रयोग गरेपछि (एसएसबी) र अनेरास्ववियुका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो । झडपमा सीमा सुरक्षा बल (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन् ।

अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतले निषेधित क्षेत्र भनेर लेखेको बोर्डसमेत भत्काएर फ्याँकिदिएका छन् । कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विद्यार्थीहरूले नाराजुलुस पनि गरेको अनेरास्ववियुले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes