डम्पिङसाइटको जग्गा टुङ्गो नलाग्दा वडा कार्यालयअघि फोहोरको डंगुर - Pahilo Online

डम्पिङसाइटको जग्गा टुङ्गो नलाग्दा वडा कार्यालयअघि फोहोरको डंगुर

writer

झापा । गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई भएको हो। नगरको बजार क्षेत्रबाट संकलन हुने फोहोर फाल्ने उचित स्थानको अभावमा हाल वडा नम्बर १ को वडा कार्यालय अगाडि नै फोहोर फाल्ने गरिएको छ। वडा कार्यालय अगाडि तथा गौरादहका पहिचानका रुपमा रहेका पोखरीको डिलैमा फोहोर फाल्ने गरिएको हो। नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले चाँडै फोहोर फाल्ने स्थानको टुंगो गरिने बताए। यसका लागि नगरपालिकाकै जुरोपानीमा नगरपालिकाको स्वामित्वमा रहेको तीन बिघा जमिन उपयोग गर्नेबारे छलफल भइरहेको बताइएको छ।

नगरपालिकाले गत वर्ष पनि डम्पिङ साइटका लागि बजेट छुट्याएको थियो। तर, त्यसको कार्यान्वयनका लागि योजना नहुँदा बजेट कार्यान्वयन हुन सकेन। नगरपालिकाले दुई वर्षदेखि डम्पिङ साइटका लागि जग्गा खोजी गरेको भए पनि जमिनको व्यवस्था हुन नसकेको नगरप्रमुख रोहितकुमार शाहले बताए। जमिनको व्यवस्था नभएकै कारण विनियोजित रकम समेत खर्च हुन सकेका छैन। यस वर्ष पनि जमिनको व्यवस्था र कार्ययोजना तय हुन सकेको छैन। जसका कारण बजेट कार्यान्वयनमा अझै शंका छ। तर, नगरप्रमुख शाह भने यस वर्ष बजेट फ्रिज हुन नदिने गरी तयारीमा लागेका बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes