मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु - Pahilo Online

मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु

writer

मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रवर्द्धनको सुरु भएको हो। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको चुली पोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा छ। घनाजंगलले ढाकेको चुली पोखरी ‘डब्लु’ आकारको ठूलो चट्टानको शीरमा झण्डै दुई बिघा क्षेत्रमा फैलिएको छ।

सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव छ। पोखरीको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारको पहलमा आफूहरुले काम गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए। चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन्। धार्मिक तथा पुरातात्विक हिसाबले महत्त्वपूर्ण स्थानको रुपमा परिचित चुली पोखरीको संरक्षण सुरु भएपछि स्थानीयहरु खुसी छन्। प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५र७६ मा छुट्याएको चार लाख रकमले पोखरीलाई घेराबारा गरिएको छ। चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको सहयोगमा सडक निर्माणदेखि सिंढी निर्माणको काम सुरु गरिएको वडा नम्बर २ का अध्यक्ष गौरीप्रसाद राईले बताए। चुरे क्षेत्रमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थानमा रहेको स्थानीय भगीरथ अर्यालको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes