पथरीशनिश्चरेमा मंसिर पहिलो साता २ साहित्यिक कार्यक्रम - Pahilo Online

पथरीशनिश्चरेमा मंसिर पहिलो साता २ साहित्यिक कार्यक्रम

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना सर्जकहरुको सृजना प्रस्तुति हुने भएको छ ।

मंसिर ७ गते एभरेष्ट बोर्डिङको समेत सहआयोजना रहने गरी सोही बोर्डिङमा नगरका पुराना लोकगायक वीरध्वज शिवा, झापा दमकका प्रकाश आङ्देम्वे, पथरीशनिश्चरेका रोहित पराई, भूपेन्द्रराज तिम्सिना र बेलबारीकी ढाकातारा पराजुलीको प्रस्तुति रहने फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले वताए । शिवाले गीत, आङ्देम्वे र तिम्सिनाले गजल तथा पराई र पराजुलीले कविता प्रस्तुत गर्नेछन् । नियमित कार्यक्रम अन्तर्गतको यो १४ औं श्रृखला हो ।

नगरको वडा नम्वर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने भएको छ । जसमा पढने संस्कृतिको विकासका लागि जमर्काे अघि बढाएको पथरीशनिश्चरे बुक क्लबको संयोजनमा मंसिर ६ गते साहित्यिक कार्यक्रमको आयोजना गरि नगरमा सृजनशीलता बढाउने अभियान थालेको अध्यक्ष नविनजंग कार्कीले जनाए । ६ गतेदेखि १२ गते सम्म सप्ताहाव्यापीरुपमा विभिन्न कार्यक्रम हुनेछन् । जसमा, ६ गते विद्यालयस्तरीय हाजिरीजवाफ, ८ गते विद्यालयहरुमा हात धुने तालिम, ९ गते सरसफाई र हण्डिफोर, १० गते महिलाका लागि वात्ती कात्ने र बालबालिकाका लागि मेमेरी पावर प्रतियोगिता हुने छ । ११ गते स्लो मोटरसाइकल रेस र ढल्क्यो जोवान फुटबल प्रतियोगिता तथा १२ गते म्याराथन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र संस्थाको भवन उद्घाटन् हुने कार्यक्रम छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes