पथरीशनिश्चरे नगरको भवनस्थल जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग  - Pahilo Online

पथरीशनिश्चरे नगरको भवनस्थल जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग 

writer

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले संघीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय समक्ष जग्गा व्यवस्थापनको माग अघि सारेको छ ।

समितिकी संयोजक एवम् नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समक्ष आवश्यक कागजात सहितको जानकारी प्रदान गर्दै जग्गा व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो । समितिका सदस्यहरुको उपस्थितीमा पहल समितिले वन तथा वातावरण मन्त्रालयमा पनि जग्गा प्राप्तिको पहल अघि बढाएको संयोजक वास्तोलाले जनाउनु भयो । मन्त्री शक्तिबहादुर वस्नेतसँग भेटी कुराकानी भएको हो ।

०६८ साउन ३२ को सर्वदलीय सहमतिले वडा नम्वर १० को भूटानी शरणार्थी शिविरमा केन्द्र राख्ने सहमति गरेको र सरकारले पनि त्यहाँ केन्द्र तोकिदिएको थियो । तर सरकारी तबरले सो स्थलमा जग्गा व्यवस्थापन नहुँदा कार्यालय भवन निर्माण हुन समस्या परिरहेको टोलीले जानकारी गराएको छ ।

साथै सो टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा नगरमा लामो समयदेखि ठूलो समस्याका रुपमा रहेको बसोबासका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री पद्मा अर्यालसँग सो विषयमा कुराकानी गर्दा सभामुखको विवादका कारण ऐन प्रमाणित गर्न वाँकी रहेकाले ऐन प्रमाणित भएपछि काम अघि बढ्ने बताउनु भएको टोली संयोजक वास्तोलाले उल्लेख गर्नुभयो । टोलीका सदस्यमा, १० नम्वर वडाध्यक्ष सागर राई, कार्यापालिका सदस्य निर्मला गदाल, सामाजिक अगुवा मोहनकुमार न्यौपाने, पर्शुराम कार्की, जीवन खतिवडा, रमेश राई सहित सहभागि छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes