सोलुखुम्बुमा एक होटलमा आगलागी हुदाँ अढाई करोड भन्दा बढीको क्षति - Pahilo Online

सोलुखुम्बुमा एक होटलमा आगलागी हुदाँ अढाई करोड भन्दा बढीको क्षति

writer

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा संचालित होटल ईन्टेकमा भएको आगलागीमा करिव अढाइ करोड भन्दा बढीको क्षति भएको छ । मंगलवार अपरान्ह साँढे ४ बजे पिन्सो लामाले संचालन गरेको होटलमा खाना पकाउने क्रममा ग्याँस चुल्होबाट आचानक आगलागी हुँदा घर भित्र रहेको फर्निचर, लत्ता कपडा,भाँडा वर्तन, खाद्यान्न, बेकरी मेसिन र नगद १ लाख ५० हजार समेत जलेर नष्ट हुँदा अन्दाजी २ करोड ५७ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । सो आगलागि उक्त कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बेलुका सवा ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको र मानविय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes