पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ४ मा भएको टिपर दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ८ बजेको समयमा रसुवा कन्ट्रक्सन प्रा.लि. कोबा २ क २९९० टिपर सुभाङबाट काम सकेर ४ नम्बर क्याम्पमा राख्नको लागी जाँदै गर्दा सालिङगे स्थितमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक धार्दिङका २५ बर्षीय बिनोद तामाङ र सोही कम्पनीका स्टोर किपर हिलिहाङ गाउँपालिका १ का २३ बर्षीय भिम तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।