डिवाइडरमा ठोकिएर स्कुटरमा आगलागी भई १ जनाको मृत्यु १ घाईते - Pahilo Online

डिवाइडरमा ठोकिएर स्कुटरमा आगलागी भई १ जनाको मृत्यु १ घाईते

writer

झापा । झापाको कन्काई नगरपालिका ३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन् । मंगलवार राती सवा १० बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई रोडको साईडमा रहेको डिभाईडरमा ठोक्किदा अचानक स्कुटरमा आगलागी भएको र स्कुटर चालक शिवसताक्षी नगरपालिका १ का १९ बर्षीय पवन मण्डल र पछाडी सवार सोही स्थानका २५ बर्षीय निरज शर्मा घाईते भई उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा निरज शर्माको बाटोमा नै मृत्यु भएको तथा अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles