भोजपुरमा अज्ञात समूहद्वारा ७ वटा बाख्रा काटिए - Pahilo Online

भोजपुरमा अज्ञात समूहद्वारा ७ वटा बाख्रा काटिए

writer

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो । खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि यहाँका स्थानीयबासी त्रसित भएका छन्। बाख्रा काटिएपछि नेपाल कम्युनिष्ट पार्टी अरुण गाउँपालिका कमिटीले बुधबार विज्ञप्ति नै निकालेर दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ।

खर्काउनेमा तीनजना किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको पनि स्थानीय टीकाराम बराइलीले जानकारी दिएका छन्। खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि प्रहरी चौकी जरायोटारको टोलीले अनुसन्धान अघि बढाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको बताइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes