विराटनगरको एक स्कुलमा शिक्षकको निर्घात कुटाईबाट बालिका घाइते - Pahilo Online

विराटनगरको एक स्कुलमा शिक्षकको निर्घात कुटाईबाट बालिका घाइते

writer

मोरङ । विराटनगर ४ राजवंशी चौकस्थित अर्पण स्कुलका शिक्षकले एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । अर्पण स्कुलका सञ्चालक पनि रहेका शिक्षक निमेष बस्नेतले धाराको पाइपले कक्षा ८ मा अध्ययरत मोरङ बुढीगंगा गाउँपालिका – २ टंकिसीनवारीकी १४ वर्षीय रोश्नी भण्डारीलाई निर्घात कुटपिट गरेका हुन् । शिक्षक बस्नेतको कुटाइबाट विद्यार्थी घाइते भएकी छिन् । स्कुलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कुल नआएको भन्दै हिजो दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई धाराको पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाइ छ ।

शिक्षकले पाइपले कुटपिट गर्दा विद्यार्थी भण्डारीको शरीरको पछाडिको भागमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् । बस्नसम्म हुन नसक्ने गरि छोरीमाथि शिक्षकले कुटपिट गरेको उनको भनाइ छ । त्यही पीडाले रातभरी छोरी नसुतेको पुष्पाले बताइन् । स्कुलले लिएको परीक्षामा रोश्नीले विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतलले कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गरेको उनका साथीहरुले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes