सीमा मिचेकोविरुद्ध विद्यार्थीद्वारा झापा र विराटनगरमा प्रदर्शन र हस्ताक्षर अभियान - Pahilo Online

सीमा मिचेकोविरुद्ध विद्यार्थीद्वारा झापा र विराटनगरमा प्रदर्शन र हस्ताक्षर अभियान

writer

मोरङ्ग । भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । व्यवस्थापन क्याम्पस इकाइको आयोजनामा निस्किएर्को यालीले नगर परिक्रमा गरेको थियो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लिपियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । विद्यार्थीले बरु अहिले रेल र पानीजहाज नचाहिएको बरु मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने सुझाव दिए । यसैगरी 

मेची बहुमुखी क्याम्पस भद्रपुरका विद्यार्थीले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा सोमबार बिहान ११ बजेदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको हो। भारतीय विस्तारबादविरुद्ध पहिलो चरणको कार्यक्रमअन्तर्गत हस्ताक्षर संकलन अभियान थालिएको अनेरास्ववियु इकाई समितिका अध्यक्ष अशोक खतिवडाले जानकारी दिए।

क्याम्पस परिसरमा आयोजित हस्ताक्षर संकलन कार्यक्रममा क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईले हस्ताक्षर गरी अभियान सुरु गरेका थिए। उक्त हस्ताक्षर कार्यक्रममा बिहान र दिउँसो गरी दुई सिफ्टका विद्यार्थी एक हजार बढीले हस्ताक्षर गरेको अध्यक्ष खतिवडाले बताए। भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापासहित देशभरका विद्यार्थी आन्दोलित बनेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes