टिएमजे पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा भ्रमण वर्षलाई असर पर्ने - Pahilo Online

टिएमजे पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा भ्रमण वर्षलाई असर पर्ने

writer

तेह्रथुम । गुराँस क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पूर्वाधार नहुँदा सरकारले आगामी वर्ष मनाउने तयारी गरिरहेको नेपाल भ्रमण वर्षलाई असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने योजना घोषणा गरेको सरकारले पर्यटकीय पूर्वाधार निर्माणमा भने खासै ध्यान पुगेको छैन ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टिएमजे क्षेत्रमा सडक, सुरक्षा, स्वास्थ्य, सञ्चार, होटल लगायतका कुनै पनि पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टिएमजेलाई सरकारले हालै नयाँ पर्यटकीय गन्तव्य सूचीमा समेत समेटेको छ ।

कुम्भकर्ण, मकालु र कञ्चनजंगा हिमालको आधार शिविर जाने मुख्य पदमार्ग टिएमजे क्षेत्रमा पर्यटकका लागि नभई नहुने आधारभूत सुविधासमेत नभएको गुफा बजारकी हिमा खनालले बताइन् । गुफा बजार टिएमजे क्षेत्रको पदमार्गमा पर्छ । बर्से्नि हजारौं पर्यटक आउने यो क्षेत्रमा सामान्य पूर्वाधार समेत नहुँदा आएका पर्यटकलाई बास बसाएर खुवाउन समेत नसकिएको पर्यटक पदमार्गमा रहेको चौकी बजारमा होटल व्यवसाय सञ्चालन गरेर बसेका उदयकुमार तामाङले बताए । चौकी बजारमा एकदमै थोरै मात्र होटल रहेको र यी होटलमा १ सय जना पर्यटक पनि अटाउन नसक्ने अवस्था रहेकाले पर्यटकको संख्या बढ्दा समस्या हुने गरेको तामाङको भनाइ छ ।

भारतको विहार, पश्चिम बंगाल र पूर्वी तराईबाट नजिकको दूरीमा रहेको यो क्षेत्रमा पर्यटकका लागि आधारभूत सेवा सुविधा निर्माण गर्ने तर्फ स्थानीय तहले समेत ध्यान दिएका छैनन् । पूर्वाधार निर्माणमा थोर बहुत रकम खर्च गरिए पनि त्यो पर्याप्त नभएको टिएमजे क्षेत्रमै पर्ने मेन्छ्यायाम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए । क्षेत्र ठूलो भएको र तीन जिल्लाको संगम स्थल भएकाले एउटा मात्र स्थानीय तहले खर्च गर्न सक्ने अवस्था नै नरहेको अध्यक्ष खापुङको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes