सुनसरीका मृगौला पिडित महादेव चौधरीलाई सहयोग गर्न परिवारको अपिल - Pahilo Online

सुनसरीका मृगौला पिडित महादेव चौधरीलाई सहयोग गर्न परिवारको अपिल

writer

सुनसरी । इटहरी उपमहानगरपालिका – १५ एकम्बाका ५५ बर्षीय महादेव चौधरीको दुबै मृगौलामा खराबी र समस्या आएका कारण परिवार बिचल्लीमा परेका छन । बिराट टिचिङ्ग हस्पिटलमा एक महिना उपचार पछि सुधार नभएपछि उनलाई बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा राखिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई १३ दिन पछि घरमै ल्याएर राखेका छन ।

उनि एक काठ मिस्त्री हुन, उनका परिवारको रोजिरोटी ज्याला मजदुरी गरेर चल्छ । उनका छोरा छैनन र ६ जना छोरीका पिता चौधरी थलिएपछी आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण छोरी बिमला चौधरीले थप उपचार खर्च जुटाउन र पिताको जिवन जोगाई दिन सबै संग अनुरोध गरेकी छिन । इटहरी उपमहानगरपालिकाबाट सिफारिस समेत लिएर सहयोगका लागि बिभिन्न संघ, संस्था, सहयोगी ब्यक्तिहरुसंग सहयोग गर्न चौधरी परिवारले आग्रह गरेका छन। हाल सम्म ऋण काढेर २ लाख ३० हजार उपचार खर्चमा सकियो, आफ्नो जग्गा भएको भए बेचेर उपचार गर्थे, अहिले बुवाको यो नाजुक अबस्था देख्दा ऋण दिन पनि मान्दैन बिमलाले भनिन् ।

सम्पूर्ण आफन्तजन र सम्पूर्ण शुभचिन्तकहरुमा सहयोगको लागी सहृदयी मन मुटुहरुले पिडितकी श्रीमति अनितादेवीको नाममा रहेको एनआईसी एसिया बैंकको इटहरी शाखाको खाता नं.०४५७५०६५४५७९००१ मा सहयोग गर्न सकिनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes