बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौँमा - Pahilo Online

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौँमा

उच्चस्तरीय भेटवार्ताको कार्यतालिका

writer

काठमाण्डौ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाण्डौ आइपुगेका हुन्।

बंगलादेशका राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन विमानस्थलमा राष्ट्रपतिसहित विशिष्ट पदाधिकारीको टोली पुगेको थियो । राष्ट्रपति हमिदको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यतालिका छ ।

राष्ट्रपतिसंगै बङ्गलादेशका विशिष्ट अतिथिले विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद आउँदो शुक्रबार स्वदेश फर्कनेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes