सोलुखुम्बु । नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरीकको लेक लागेर मृत्यु भएको छ । कार्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको चो यु भ्यु लज ७ रेष्टुरेण्टमा बास बसेका फ्रान्सेली नागरीक २८ बर्षीय MARRON GAETAN lOUIS लेक लागी बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा २४ गते बिहान राती १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टर द्धारा काठमाण्डौको त्रि.वि. शिक्षण अस्पताल पठाईएको छ ।