नेपाल आर्मीलाई पूर्वाञ्चल गोल्डकपको उपाधि, चर्च ब्वाइज २–० ले स्तब्ध - Pahilo Online

नेपाल आर्मीलाई पूर्वाञ्चल गोल्डकपको उपाधि, चर्च ब्वाइज २–० ले स्तब्ध

writer

बिर्तामोड । विर्तामोडमा सम्पन्न हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको बिर्तामोडमा सोमबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

डोमालाल राजवंशी रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान टेक बहादुर बुढाथोकीले दुवै गोल गरे । उपाधिसँगै आर्मीले १२ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता चर्चले ६ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो ।

यस अघि आर्मीले सेमिफाइनलमा भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । चर्चले भने सेमिफाइनलमा नेपाल पुलिस क्लबको चुनौती १(० ले पन्छाएको थियो । जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes