हङकङमा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु - Pahilo Online

हङकङमा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

writer

काठमाडौं । हङकङका जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदशर्नकारीमाथि सुरक्षाकर्मीले गरेको गोली प्रहारको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कालो पहिरनमा रहेको र मुखमा मास्क लगाएका एक यृुवकलाई गोली हानिएको दृश्य प्रष्टै देखिएको छ । हङकङमा विगत केही महिनादेखि जारी सरकार बिरोधी प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले ती प्रदर्शनकारी माथि गोली प्रहार गरेको हो । हङकङमा गत जुन महिनादेखि जारी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको यो तेश्रो पटक हो । प्रदर्शनकारीहरुले हङकङको म्ुख्य शहर साई वान हो टापुमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको हो ।

प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा सडक अवरुद्ध पारेपछि त्यहाँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । गत केही दिनअघि प्रहरीले प्रहार गरेको अश्रुग्याँस छल्ने क्रममा एक विद्यार्थीको लडेर मृत्यु भएपछि आन्लोलन झन चर्केको थियो । दहङकङमा सुपुर्दगी सन्धि खारेज गर्नुपर्ने मागसहित गत जुनदेखि आन्दोलन जारी छ । आन्दोलनकै क्रममा सय भन्दा बढीको मृत्यु भइुसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes