प्राध्यापक विभाजित भएपछि कन्काई क्याम्पसमा पठनपाठन प्रभावित - Pahilo Online

प्राध्यापक विभाजित भएपछि कन्काई क्याम्पसमा पठनपाठन प्रभावित

writer

बिर्तामोड । प्राध्यापक राजनीतिक रूपमा विभाजित भएपछि कन्काई बहुमुखी क्याम्पसमा विवाद चर्किएको छ । प्राध्यापक हरि तिम्सिनाले प्रशासनको निर्देशनविरुद्ध काम गरेको भन्दै क्याम्पस सञ्चालक समितिले असोज १६ देखि लागू हुनेगरी सेवाबाट बर्खास्त गरेपछि विवाद सुरु भएको हो ।

विवादले तालाबन्दी र कालोमोसो दल्नेसम्मको अवस्थामा पुगेपछि क्याम्पसको पठनपाठन प्रभावित भएको छ । कन्काई नगरपालिका ३ र ४ सुरुंगास्थित क्याम्पसमा कार्यरत प्राध्यापक नेकपा र कांग्रेस गुटमा विभाजित भएका छन् । राजनीतिक हस्तक्षेपका कारण क्याम्पस सञ्चालक समिति गठन, क्याम्पस सभा, विकास निर्माण, प्राध्यापकको नियुक्ती तथा बर्खास्ती प्रक्रिया विवादित बन्दै आएको छ । दलगत प्राध्यापकले आफूअनुकूल गतिविधि गर्न थालेका छन् ।

आफू पक्षीय प्राध्यापकलाई बर्खास्त गरेको भन्दै नेकपा निकटका प्राध्यापक असन्तुष्ट छन् । तिम्सिनाको पुनर्बहालीको माग गर्दै नेकपा निकट प्राध्यापक र अनेरास्ववियुका विद्यार्थीहरू आन्दोलित छन् । अनेरास्ववियुका विद्यार्थीले क्याम्पस प्रमुख विकास उप्रेतीको कक्षमा तालाबन्दी गर्नुका साथै सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई कालोमोसोसमेत दलेका छन् । चाडपर्व बिदा सकिएपछि कात्तिक १४ देखि लागेको क्याम्पसको पठनपाठन विवादका कारण प्रभावित बनेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes