चुनावी प्रचारप्रसारको क्रममा उम्मेद्धवारहरुको जम्काभेट, आपसमा शुभकामना आदनप्रदान - Pahilo Online

चुनावी प्रचारप्रसारको क्रममा उम्मेद्धवारहरुको जम्काभेट, आपसमा शुभकामना आदनप्रदान

writer

सुनसरी । धरान यतिवेला आगामी मंशीर १४ गते हुने उप निर्वाचनले तातेको छ । राजनीतिक दलका उम्मेद्धवारको घरदेैलो अभियानले धरानलाई चुनावमय वनाएको छ ।घरदैलो अभियानमा प्रतिद्धन्द्धी दलका उम्मेद्धवारहरुको जम्काभेटले पनि उप निर्वाचनको महोलले थप चर्चा पाउन थालेको छ । घरदैलो एउटै वडामा एकै पटक परेपछि दलका उम्मेद्धवार आमने सामने भई शुभकामना साटासाट गर्दैछन् । केही दिन अघि मात्रै धरानको वडा नम्बर ६ मा नेपाल कम्युष्टि पाटी (नेकपा) का मेयर पदका उम्मेद्धवार प्रकाश राई र नेपाली काँग्रेसका तिलक राई आमने सामने भएर अंकमाल गरेका थिए ।

 

सन्चार माध्यम र सामाजिक सन्जालमा अंकमाल गरेको तस्वीर भाइरल भएको थियो । आज (आइतबार) पनि धरान उपमहानगरपालिका वडा नम्बर १५ मा नेकपा उम्मेद्धवार प्रकाश राईसँग प्रत्यासी उम्मेद्धवार संघीय समाजवादी पाटी नेपालका गजेन्द्र इस्वोसँग आमने–सामने भई शुभकामना साटा–साटा गरेका छन् । नेकपाका उम्मेद्धवार राई आइतबार घरदैलो अभियानका क्रममा समाजवादीका उम्मेद्धवार इस्वोको घरमा पुगेका थिए ।उनीहरु एक आपसमा शुभकामना आदान प्रदान गरे । इस्वोलाई नेकपाका कार्यकर्ताले नेकपा प्रवेश गर्न आग्रह गर्दै भोट मागेका थिए । घरदैलो अभियानमा पुगेका उम्मेद्धवार र कार्यकर्तावीच इस्वोले आफु पनि कुनै समय नेकपामा आस्था राख्ने बताउँदै ढिलो छिटो एक हुन सक्ने संकेत गरेका थिए ।

त्यसैगरि नेपाली काँग्रेसका उम्मेद्धवार तिलक राईसँग पनि आज दोश्रो पटक जम्काभेट भएको छ ।  घरदैलोका क्रममा नै उनीहरुवीच जम्काभेट भएको थियो भने एक अर्कामा हात मिलाएर शुभकामना आदान प्रदान गरे । धरानमा उप निर्वाचनको उम्मेद्धवार नेपाली कम्युष्टि पाटी(नेकपा) को मेयर पदको उम्मेद्धवार प्रकाश राई र नेपाली काँग्रेसका उम्मेद्धवार तिलक राई चुनाबी घरदैलो अभियानमा अंकमाल गरेर भाइरल वनेका थिए ।मंशीर १४ गते उप निर्वाचनको लागि नेकपाको घरदैलो अभियान तीव्र रहेको छ । यसअघि नेकपाले वडा नम्बर ४,२०,५,६ र ८ नम्बरमा उम्मेद्धवार सहित घरदेैलो सम्पन्न गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes