पढ्नेभन्दा सिक्ने शिक्षामा जोड दिदै दमकमा नवसिर्जना मेला - Pahilo Online

पढ्नेभन्दा सिक्ने शिक्षामा जोड दिदै दमकमा नवसिर्जना मेला

writer

झापा । शिक्षा क्षेत्रमा नयाँ प्रयोग र सिकाइ शैलीबारे छलफलका लागि दमकमा बुधबारदेखि नवसिर्जना मेला शुरु भएको छ। दमक नगरपालिकाको अगुवाइ र अमेरीकी दूतावासको बुक बस कार्यक्रमअन्तर्गत आयोजित मेला कात्तिक २३ सम्म चल्ने छ। मेलाको उद्घाटन सत्रमा विज्ञहरुले शिक्षा क्षेत्रलाई नवीन बनाउन पढ्ने र घोक्नेभन्दा सिक्ने वातावरणको खाँचो रहेका बताएका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा काठमाडांै विश्वविद्यालय, स्कुल अफ एजुकेशनका प्राध्यापक बालचन्द्र पौडेलले रुपान्तरणात्मक शिक्षाको योजना कस्तो र किन भन्ने विषयमा प्रकाश पारेका थिए। मेलाले नवीनतम शैक्षिक विधि र प्रविधिहरुको प्रस्फुटन गर्ने, शिक्षकहरूको एकीकृत पाठ्यक्रम निर्माण गतिविधि, गणित र विज्ञानका सिकाइको लागि सुरक्षित तथा रमाइलो वातावरणमा कसरी शिक्षण गर्न सकिन्छ भन्ने सीप प्रदान गर्ने, शून्य लागतमा शैक्षिक सामग्रीहरू निर्माण गरी कक्षाकोठामा प्रस्तुत गर्ने सीपको विकास गराउने जनाइएको छ।

यसअघि तीन स्थानमा यस प्रकारको मेलाको आयोजना गरिएको भए पनि स्थानीय तहको अगुवाइमा नेपालमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको मेला आयोजकमध्येका सोतरी नामक संस्थाकी निर्देशक सुवानीसिंह श्रेष्ठले बताइन्। मेलामा किताबसहितको बस धेरैको आकर्षण बनेको छ। सो बसमा रहेका पुस्तकहरु घुम्ती पुस्तकालयको रुपमा विभिन्न ठाउँमा पु¥याउने गरिएको जनाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes