हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन - Pahilo Online

हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन

writer

सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन्।

आरोहिले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन्। जसबाट एक करोड ४० लाख ३६ हजार ३०० रुपैयाँ रोयल्टी संकलन भएको छ। सबैभन्दा बढी रोयल्टी मनास्लु हिमाल आरोहण अनुमतिबाट संकलन भएको छ। यस हिमाल आरोहण संकलनबाट २ करोड ७० लाख ८५ हजार ६०० रुपैँया रोयल्टी संकलन भएको विभागले जानाकारी दिएको छ।

मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन्। त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी संकलन भएको छ। उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन्। थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३१२ रुपैयाँ संकलन भएको छ। वसन्त ऋतुमा आरोहीको घुइँचो लाग्ने सगरमाथा आरोहणको लागि शरद ऋतुमा दुई समूहका १० जनाले मात्र अनुमति पाएका थिए। उनीहरुबाट ६३ लाख ११ हजार ८०० रुपैयाँ रोयल्टी संकलन भएको छ। लामो समयपछि शरद ऋतुमा सगरमाथा आरोहणका लागि गए पनि सफल हुन नसकेको निरौलाले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes