संखुवासभाका ११ मतदानस्थल मध्ये १० मतादान स्थल संवेदनशील - Pahilo Online

संखुवासभाका ११ मतदानस्थल मध्ये १० मतादान स्थल संवेदनशील

writer

संखुवासभा । आगामी मंसिर १४ गते संखुवासभाका दुई स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले ११ मतदान स्थल तोकेको छ। ११ मतदान स्थलमध्ये १० वटा सुरक्षाका हिसाबले सम्वेदनशील रहेको निर्वाचन कार्यालय खाँदबारीका प्रमुख चोलाराज दंगालले बताए।

१० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले सम्वेदनशीलमा राखेको छ। सुरक्षका हिसाबले १० वटा मतदान स्थललाई सम्वेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। संखुवासभाका प्रजिअ दुलालका अनुसार एक मतदान स्थालको दुई मतदान केन्द्रलाई मात्रै सामान्य सम्वेदनशीलको सूचीमा राखिएको बताए। सम्वेदनशील मतदान स्थलमा ९ हजार १ मतदाता रहेका छन् भने १३ वटा मतदान केन्द्र रहेका छन्। संखुवासभा मकालु गाउँपालिका १० वटै मतदान स्थललाई सुरक्षाका हिसाबले सम्वेदनशील मानिएको उनको भनाइ छ।

संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका ३ का वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मंसिर १४ गते निर्वाचन हुँदैछ। उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी नगरपालिका ३ मा १ हजार ८ सय २२ मतदाता छन्। मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए।

सम्वेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौति हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति भएको उनले बताए। भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता र यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सम्वेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्याइएको प्रजिअ दुलालले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes