भ्रमण वर्ष २०२० सफल बनाउन विराटनगर जेसीसको सप्ताव्यापी कार्यक्रम गर्ने - Pahilo Online

भ्रमण वर्ष २०२० सफल बनाउन विराटनगर जेसीसको सप्ताव्यापी कार्यक्रम गर्ने

writer

मोरङ । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीसले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखेका बेला विराटनर जेसीसले भ्रमण वर्षलाई टेवा पु¥याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ कार्यक्रम अन्तर्गत विराटनगर जेसीसले मनाउने साताभरीको कार्यक्रमका बारेमा बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरी रहेको पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने कार्यक्रम छ ।

प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पु¥याउने उद्देश्यले विराटनगरमा स्टल राखिने विराटनगर जेसीसका अध्यक्ष सेवक बजगाईले जानकारी दिए । ‘विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन त्यहा स्टल रहनेछ। यहाँ रहेको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराइनेछ । यसले भ्रमण वर्षलाई थप टेवा पुग्ने विश्वास लिएको छ।

सोही दिन पर्यटकीय स्थलको विवरणहरु संकलन गरी विराटनगरदेखि भेडेटारसम्म मोटसाइकल ¥याली निकालिने छ । ¥यालीमार्फत भ्रमण वर्षको प्रचार–प्रसार गर्ने योजना छ । ‘विगत वर्षहरूमा भन्दा यस पटक जेसीसको सप्ताहव्यापी कार्यक्रम फरक तरिकाले मनाउने तयारी गरेका छ । यसमा सरकारको पनि साथ सहयोग र समर्थन रहेको छ। शनिबारदेखि सुरु हुने कार्यक्रम कार्तिक २९ गते समापन हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes