प्रदेश १ सरकारले शहिदको परिवारलाई जनही ५ लाख दिने - Pahilo Online

प्रदेश १ सरकारले शहिदको परिवारलाई जनही ५ लाख दिने

writer

मोरङ । प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ । प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनाको परिवारलाई राहात स्वरुप पाँचरपाँच लाख रुपैयाँ दिने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले जानकारी दिए ।

संघीय सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनालाई २८ पुस २०७४ मा सहिद घोषणा गरी पीडित परिवारलाई १०र१० लाख रुपैयाँ राहत प्रदान गरेको थियो । कम्युनिस्टको गढ मानिने धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ।

उक्त घटनामा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेसलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राईको हत्या भएको थियो ।

धनकुटाको सहिदभूमि गाउँपालिकाअन्तर्गत छिन्ताङको पञ्चकन्यामा सहिदको स्मृतिमा सहिद पार्क र सहिदका सालिक राखिएका छन् । छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes