रुपेन्देहीलाई पेनाल्टी सुटआउटमा हराउँदै चर्च ब्वाइज काठमाडौं सेमिफाइनलमा - Pahilo Online

रुपेन्देहीलाई पेनाल्टी सुटआउटमा हराउँदै चर्च ब्वाइज काठमाडौं सेमिफाइनलमा

writer

झापा । चर्च ब्वाइज काठमाडौं झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार चौथो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाइज रुपेन्देहीलाई पेनाल्टी सुटआउटमा हराउँदै चर्च ब्वाइज काठमाडौंले अन्तिम चारमा स्थान बनाएको हो ।

डोमालाल राजवंशी रंगाशालामा भएको उक्त खेलको निर्धा्रित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलमा पेनाल्टीको निर्णय लिइएको हो । पेनाल्टीमा काठमाडौंले ४–२ गोलले जित निकालेको हो । त्यसअघि खेलको निर्धा्रित समय १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा काठमाडौंले नै अग्रता बनाएको थियो । दोस्रो हाफको २०औं मिनेटमा एलन मगरको पासमा सन्तोष न्यौपानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, त्यसको २ मिनेट नबित्दै रुपेन्देहीका रमेश बाँस्तोलाले खेल बराबरीमा फर्काएका थिए । बाँकी समय र निर्धा्रित समय गोल हुन नसकेपछि खेलमा ट्राइबेकरको निर्णय लिइएको हो । यस जितसँगै काठमाडौंले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्नुपर्नेछ ।

यसअघि नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र भारतीय टोली सिक्किम आक्रामक क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो भने सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै विभागीय टोली त्रिभूवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes