मिलेमतोमा कानेपोखरीको वन क्षेत्र अतिक्रमण बढ्दै - Pahilo Online

मिलेमतोमा कानेपोखरीको वन क्षेत्र अतिक्रमण बढ्दै

writer

वन कर्मचारीकै मिलेमतोमा मोरङ कानेपोखरीको वन क्षेत्र अतिक्रमण बढ्र्दै गएको छ । कानेपोखरी गाउँपालिका–७, स्थीत कानेपोखरी चोकमा राष्ट्रिय वन र सामुदायिक वन अतिक्रमण बढ्दै गएको हो । वन अतिक्रमणमा सामुदायिक वन,वन कर्मचारी र विचौलियाको मिलेमतोमा अतिक्रमण हुने गरेको छ ।

वन कर्मचारीको मिलेमतोमा अहिले कानेपोखरी चोकको दक्षिण तर्फ कंक्रिट घरहरु धमाधम निर्माण भैरहेको छ । घरहरु निर्माण भैरहदा कानेपोखरी चोकमा रहेको सव डिभिजन वन कार्यालयका कर्मचारीहरु भने चुप बसेका छन् । जनजागृती सामुदायिक वन क्षेत्रले संरक्षण गर्दै आएको स्थानमा घर निर्माण भैरहेको छ । निर्माणधिन घरको अहिले चारै तीरको जग उठाईरहेको छ ।

जनजागृती सामुदायिक वनको अध्यक्ष पूर्ण अधिकारीले रंगेली–कानेपोखरी सडकले विस्थापित केही व्यक्तिहरुलाई त्यहाँ राख्ने निर्णय सबैले गरेको बताए । घर वनाउन दिने निर्णयमा सव डिभिजन कार्यालय बेलबारी कर्मचारी सुवेदार सहितका टोली, सव डिभिजन वन कार्यालय कानेपोखरीको तुलसीलाल यादव पनि सहभागी भएका थिए । यस विषयमा भने वन अधिकृत तुलसीलाल यादवले थाहा नभएको बताए । सव डिभिजन वन कार्यालयको अगाडी छ त भने प्रश्नमा अहिले सम्म नदेखेको बताए ।

सुरुमा सुगुरको खोर,दाउरा राख्ने जस्तो गर्ने पछि घुम्ती बनाउने त्यस पछि घरको आकार दिर्दै गएर पछि बिल्डङ घर नै बनाउने प्रचलन छ । अहिले सो क्षेत्रमा मुख सानो भएपनि लामो ३ देखि ४ तले घरहरु बन्ने क्रममा छ । सव डिभिजन वन कार्यालय नजिक भएपति वन कर्मचारीको मिलेमतोमा सो कार्यहरु गर्दै आएका छन् । सो क्षेत्रमा चौतर्फी वन अतिक्रमण बढ्र्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes