पथरीशनिश्चरे नगरको खोला ठेक्का नलाग्दा डेढ करोड आम्दानि घाट्यो - Pahilo Online

पथरीशनिश्चरे नगरको खोला ठेक्का नलाग्दा डेढ करोड आम्दानि घाट्यो

writer

पहिलो अनलाइन

 

अर्जुन जम्नेली राई

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०७६र०७७ को खोला ठेक्का अझै लागेको छैन । नगरमा पर्ने डाँस खोला आर्थिक बर्ष २०७५र०७६ को टेन्डर रकम अझै उठेको छैन । मिक्स गिटी झिक्दै जाने कुरामा विवादको भएपछि ठेक्दारले रकम नगरमा नबुझाइ उल्टै नगरपालिकालाई विपक्ष बनाई जिल्ला अदालत मोरङमा मुद्दा लगाएका छ्न ।

डाँस खोला गत बर्ष एक करोड २६ लाख ५० हजारमा भुवन थापाको कावेली कन्स्ट्रक्सन कम्पनीले ठेक्का पारेको थियो ।

कम्पनीले नगरलाई ६० लाख ५० हजार मात्र रकम बुझाएको नगर प्रमुख दिलिपकुमार राईले बताए । नगरले पाउने बाँकी ६६ लाख रकम आउने नआउने टुंगो छैन ।

 

टेन्डर परेपछी खोलाबाट ढुङ्गा र गिटी झिक्ने क्रममा स्थानीयवासीले खोला कटानको भन्दै सामान झिक्न अवरोध गरेका थिए । खोलाको नाकाहरु ८,९ र १० नम्बर वडाहरुमा मगर टोल, तृबेनी र पूर्वपश्चिम मुख्य सडक उत्तर तीन वटा नाका पर्दछ ।

सामान झिक्न नदिएपछी पटक पटक छलफल गर्दा पनि कुरा नमिलेको नगर प्रमुख राईको भनाई छ । स्थानीय वासीहरुले खोला कटानको कारण अवरोध गर्नुको साथै त्यो बेला केही युवा समुहले कमिसन समेत मागेको बुझिएको छ ।

 

सम्झौता भएको रकम पूरा गर्न नगरले पटक पटक पत्र काटेपनीले ठेकडार भुवन थापाले पैसा नतिरेको नगर प्रमुख राईले बताए । यता काबेली कन्स्ट्रक्सन कम्पनी सन्चालक भुवन थापाले भने सामाग्री निक्लेको मुल्यांकनको आधारमा रकम लेनदेन हुनुपर्ने माग दाविसहित जिल्ला अदालत मोरङमा मुद्दा लाएको बताए । अदालतको फैसला अनुसार लेनदेन हुनुपर्ने थापाको भनाइ छ ।

कम्पनीले पैसा नतिरेपछि पथरीशनिश्चरे नगरले भने आफ्नोसाथै, जिल्ला समन्वय समिती र कानेपोखरी गाउँपालिकाको संयुक्त प्राविधिक टोलिने सामान निस्केको नापजाँच गर्दा ७३ हजार घन मिटर मिक्सगिटी निस्केको नगर प्रमुख दिलिपकुमार राईले बताए । कावेली कन्स्ट्रक्सनले एक लाख ३७ हजार सामान निकाल्ने सम्झौता थियो ।

 

सोही खोलाको दहिधाप नाकामा भने विजय डाँगिको डाँगी कन्स्ट्रक्सनले १७ लाखमा ठेक्का पारेका थिए । डाँगिले भने सम्झौता भएको रकम नगरलाई बुझाई सकेका छन ।

यता कावेली कन्स्ट्रक्सनले लगाएको टेन्डर नाकामा सामान झिक्ने बारे झमेला भएसँगै अदालतमा मुद्दा परेको र स्थानीयवासीले सामान निकाल्न नदिने भएकोले टेन्डर नलगाएको नगर प्रमुख दिलिपकुमार राईले नताए ।

 

दहिधाप नाकामा भने सामान गुणस्तरीय नभएको कारण ठेक्का नलगाएको प्रमुख राईले बताए । ठेक्का लाउदा भूक्षय भएर उत्तरको वन क्षेत्र र बस्तिका किसानको खेतबारी कटानको समस्या छ । नलगाउदा नगरको आम्दानी घट्नुको साथै बिकास निर्माणको लागि निर्माण सामाग्री टाढाबाट मगाउदा मंहगो मूल्यमा किन्नु पर्ने समस्या छ ।

यता नगरले काबेलीसँग पैसा लिने अडानको सट्टा निक्लेको सामाग्रीको नापजाँच गर्नुतिर लागेर ६६ लाख लिने भन्दा मिलाउने वतावरण निर्माण भएको देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes