संखुवासभाको उत्तरी मकालु र भोटखोला क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा - Pahilo Online

संखुवासभाको उत्तरी मकालु र भोटखोला क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा

writer

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र मकालु र भोटखोला मा एक महिना अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा सयौँ सेवाग्राही सञ्चारसेवाबाट वञ्चित भएका छन्। मकालु गाउँपालिका ५ को मांसिमा डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो। सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय सुजन गुरुङले गुनासो गरे।

उनी मात्र होइन उत्तरी क्षेत्रका बासिन्दाले एक महिनासम्म आफन्तजनसँग कुराकानी गर्न नपाएको बताए। महिना दिन बित्दासमेत सरोकारवाला निकाय कानमा तेल हालेर बस्दा स्थानीयले सञ्चार सेवाबाट वञ्चित हुनु परेको मकालु गाउँपालिका–३ का सुजन गुरुङले जानकारी दिए। स्थानीय गुरुङले भने ’हामी टेलिकम कार्यालय खाँदबारीलाई पटक पटक जानकारी गराउँदा पनि विभिन्न कारण देखाउँदै आलटाल गर्ने गरेको छ।’ उत्तरी क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको महिना दिन बित्दा पनि सरोकारवाला निकायले खासै चाँसो नदेखाएको पत्रकार गंगा विष्टले बताए।

यो क्षेत्रमा बर्खायाममा घाम लागेको बेला मात्र टेलिफोन सेवा पाइने पत्रकार विष्ट बताए। यता, नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराईले उत्तरी क्षेत्रको सञ्चारसेवा चाँडै सुचारु गर्न बताए। प्रमुख भट्टराईले भने, ’हामी क्षेत्रमा प्राविधिक टोली माग गरिसकेका छौँ। अब केही दिनमा सेवा सुचारु हुने छ।’ उत्तरी क्षेत्रका लागि खाँदबारी–४ लहरी र मकालु–५ को मांसिमामा राखिएको टेलिकमको टावर विद्युत सेवा नहुँदा घाम लागेको बेला मात्र चल्ने गरेको छ। नेपाल टेलिकम खाँदबारीमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको गुनासा निवेदनहरू चाङ लागेर थन्किने गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes